बलबहादुर क्षेत्री मृत अवस्थामा फेला

Avatar आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७

पोखरा, २४ जेठ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ धुँवाकोट स्थित लुङ्खु-पोखरा मोटरबाटोमा एक पुरुष शनिवार बिहान मृत अवस्थामा भेटिएका छन् ।

बिहान ७.०० बजे समयमा सोही गाउँपालिका–४ निवासी ४५ वर्षीय बलबहादुर क्षत्री मोटरबाटोको छेउमा घोप्टोपरी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।