क्वारेन्टाईन बसेका युवामा झाडापखला भएपछि आईसोलेसनमा भर्ना

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
IMG-2253

बागलुङ, २४ जेठ । धौलागिरि प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुपाटाका २३ वर्षीय युवामा झाडापखला र स्वासप्रश्वासमा समस्या देखिएपछि धौलागिरि अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनमा ज्वरोको समस्या देखिएपछि दुई दिन अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उपचारको क्रममा गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई पुनः क्वारेन्टाइनमा राखिएको थियो । शुक्रबार फेरि उनमा झाडापखाला र श्वासप्रस्वासमा समस्या देखिएपछि आईसोलेनमा भर्ना गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

यस्तै बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ रिघाको रत्न राज्यलक्ष्मी माविको क्वारेन्टाइनमा बसेका एक युवामा रुघाखोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार नै धौलागिरि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए ।

धौलागिरि अस्पताल बागलुङको आइसोलेसन वार्डमा अहिले १६ जना कोरोना संक्रमित भर्ना गरेरउपचार भइरहेको छ ।एकजना कोरोना पुष्टि भएका ताराखोला गाउँ पालिकाका संक्रमितलाई समेत अस्पतालमा ल्याउने तयारी भइरहेको छ । यसअघि दुई जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width