नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग दोस्रो छनोट चरणको खेल खेल्दै

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७
Nepali National Football Team

पोखरा । नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग दोस्रो छनोट चरणको खेल खेल्ने भएको छ ।

एसियाली फुटबल कन्फेडेरेसनले कोरोना संक्रमणका कारण स्थगित भएको २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेलको दोस्रो चरणको खेलहरूको नयाँ मिति सार्वजनिक भएसँगै नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग दोस्रो छनोट चरणको खेल खेल्ने मिति तय भएको हो ।

एएफसीले शुक्रबार नयाँ मिति सार्वजनिक गरेको हो । नयाँ खेल तालिकाअनुसार नेपालले दसैंअघि २ खेल र तिहारअघि आफ्नो अन्तिम खेल खेल्दै विश्वकप छनोटको यात्रा सकाउनेछ । नयाँ खेल तालिकाअनुसार नेपालले २२ असोज (८ अक्टोबर)मा चाइनिज ताइपेईसँग खेल्नेछ ।

त्यसको पाँच दिनपछि २७ असोज (१३ अक्टोवर)मा अस्ट्रेलियासँग खेल्नेछ । २७ कात्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ । सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यसअघि नेपाल र ताइपेई तथा अस्ट्रेलियाबीचको खेलमा चैत तथा जोर्डनसँगको खेल जुनमा हुने तय थियो । कोरोनाका कारण सबै खेल प्रभावित बनेको थियो ।

पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ । सुरुवाती ५ खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width