गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना

संक्रमित संख्या ७५ पुग्याे

Avatar आदर्श समाज सम्वाददाता
जेठ २४, २०७७

पाेखरा, २४ जेठ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएकाे छ ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ ।

नयाँ संक्रमितहरूमा स्याङ्जाका १०, कास्की र पूर्वीनवलपरासीमा ३/३ जना तथा बागलुङका १ जना रहेका छन्।