बुटवलमा २७ जना कोरोना संक्रमितकाे डिस्चार्ज !

विक्रम खड्का
जेठ २३, २०७७
btlw2

बुटवलको कोरोना विशेष अस्पतालले शुक्रबार २७ जना कोरोना संक्रमितलाई रिपोर्ट नेगेटिभ नआउँदै घर पठाइएको छ । अस्पतालले १४ दिन क्वारेन्टाइनमा बसेका तर कोरोनाको कुनै लक्षण नदेखिएकाहरुलाई पनि डिस्चार्ज गरेको हो ।

सरकारले २१ जेठमा अस्पताललाई पत्राचार गरी १४ दिन आइसोलेनमा बसेका तर लक्षण नदेखिएका संक्रमितलाई घर पठाउनू भनेको अस्पतालले जनाएको छ ।

सोही बमोजिम १४ दिनदेखि आइसोलेनमा उपचार गराइरहेका कपिलवस्तुका ९ जना र रुपन्देहीका १८ जना संक्रमितलाई घर पठाइएको अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले जानकारी दिए । ‘उहाँहरुमा कुनै लक्षण छैन । हामीले सरकारले निर्देशन गरेबमोजिम घर पठाएका हौ । उनीहरु १३ देखि ५१ वर्ष उमेर समूहका छन्,’ उनले भने ।
उनीहरूलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएका छन् ।

१४ दिन आइसोलेनमा बसेका तर लक्षण नदेखिएका संक्रमितलाई घर पठाउनू भनेको अस्पतालले जनाएको छ

डा. थापाले थपे, ‘उनीहरुको ४ पटकसम्म जाँच गर्दा पनि रिर्पोट पोजेटिभ आएको थियो । १४ दिनपछि कोरोना सर्ने सम्भावना कम हुन्छ । उहाँहरु घरमै आइसोलेट हुनुहुन्छ । सुरक्षितरुपमा बस्नुहुन्छ । लक्षण देखिए हामीलाई सम्पर्क गर्नुहुन्छ ।’

अस्पतालमा अहिले १४ दिन पूरा नगरेका जनरल आइसोलेसनमा ३ जना र आइसियुमा ३ जना बिरामी छन् । अस्पतालबाट १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width