लकडाउन अवधीको घरभाडा नमाग्न आग्रह

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
Press Bigyapti

पोखरा, २३ जेठ । पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा धरधनीलाई घरभाडा नमाग्न आग्रह गरेका छन् ।

समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीलाई घरभाडा नमाग्न आग्रह गरेका हुन् । घरभाडा तिर्नु व्यवसायीको कर्तव्य हो, तर चैत महिनाको शुरुदेखि नै होटल व्यवसायहरु सञ्चालन भएका छैनन्, यस्तो परिस्थितिमा व्यवसायीले घर भाडा, बिजुली र पानीको महसुल आदि तिर्नसक्ने अवस्था छैन विज्ञप्तिमा भनिएको छ ।

लकडाउन अवधीसम्मको घरभाडा पूर्ण रुपमा छुट दिन आग्रह गर्दै समितिले विगतदेखि नै घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको र यस विषम परिस्थितिमा पनि उक्त सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले कोरोनाबाट बचेर जीवन रक्षा गर्नु नै अहिलेको मुख्य कुरा भएकाले सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन र आवश्यक्ता अनुसार सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण सबैमा आग्रह गरेको छ । समितिमा पोखराका २५० भन्दा बढी होटलहरु आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width