नेपालमा वार्षिक २ अरब भन्दा वढीको कागती आयात

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
kagti ropdai savapati deepak koirala

जेठ २३ पोखरा । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालमा वार्षिक २ अरब भन्दा वढीको कागती आयत हुने गरेको बताएका छन् ।

विहीबार आफ्नै निर्वाचन क्षेत्र कास्की १ (१)अन्तरगत पर्ने पोखरा महानगरपालिका वडानं ३१ बेगनासमा कागती पकेट क्षेत्रमा कागतीको विरुवा लगाउदै कागतीमा आत्मनिर्भर बन्नुपर्ने बताएका हुन् । सभापति कोइरालाले हाम्रो हावा पानी र माटोमा उत्पादन गर्न सकिने कागती पनि वार्षिकरुपमा भारतबाट २ अरब भन्दा वढी आयत हुने गरेको तथ्याङ रहेको भन्दै स्वदेशमै कागती उत्पादन गरेर आत्म निरर्भर बन्नुपर्नेमा जोड दिएका हुन् ।

कागतीको आयत रोक्ने अभियान बेगनासबाट शुरु भएको बताउदै सरकाले गरेको लगानीलाई परिणाम मुखी बनाउन किसानहरुलाई आग्रह गरे । जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले बच्चा हुर्काउदा जस्तै गरी कागतीको विरुवाको संरक्षण गर्नुपर्ने बताए । बेगनासमा शुरुभएको कागती खेती अभियान देशकै नमूना बन्नुपर्ने बताए ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट र बलक कृषि ज्ञानकेन्द्रले सञ्चालन गरेको जानकारी दिदै सरकारको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कुल ३२ लाखको लगानीमा वेगनासमा कागती खेती शुरुगरिएको बताए । परीक्षणको रुपमा हेरिएको कागती खेती कृषकहरुले राम्रो गरे पकेटबाट बलकमा जान सकिने तर सम्झौता अनुसार काम नगरे आफ्नो कार्यालयले भुक्तानी समेत नगर्ने बताए ।

अधिकारीले वेगनास क्षेत्रमा १७ हजार कागतीको विरुवा रोपिने बताए । कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड पोखरा ३१ वेगनास मार्फत कागती पकेट सञ्चाललक समिति गठन गरेर विरुवा रोप्न शुरु भएको समितिका अध्यक्ष विष्णुप्रसाद लामिछानेले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य चतुरे विक ,वडानं ३१का जनप्रतिनिधि पूर्णखर पाण्डे , कोट देउराली बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सापकोटा, कागती पकेट सञ्चालक समितिका सचिव श्रीराम कंडेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width