तनहुँमा थप २ मा काेराेना, गण्डकीमा संक्रमितको संख्या ५६ पुग्याे

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७७
coronavirus

पाेखरा, २३ जेठ । तनहुँमा थप २ जना काेराेना संक्रमित भेटिएका छन्।

जिल्लाकाे ऋसिङ गाउँपालिका भै स्थानीय क्वारेन्टाइनमा बसेका वर्ष ३९ र ४० का पुरूषमा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उनीहरूलाई जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५६ पुगेकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए। ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन्।

गण्डकीमा राजधानीबाहिर पहिलाे पटक चैत दाेस्राे साता बागलुङकी १९ वर्षकी युवतीमा काेराेना भेटिएकाे थियाे ।

Related News

सम्बन्धित समाचार

hero news full width