चलचित्र विकास बोर्ड अध्यक्षमा दाहाल

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
dayaram-dahal

चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्ड रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्ड अध्यक्षका लागि आह्वान गरिएको दरखास्तमा १० जनाले आवेदन दिएका थिए ।

दाहालसहित भुवन केसी र राजेश थापाकाे नाम सिफारिस  थियाे ।

केही दिनअघि मन्त्रिपरिषद्मा फिल्म अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र दाहालको नाम सिफारिस भएकोमा दाहाल चयन भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width