जिल्ला प्रशासन कार्यालय कास्कीमा समाजवादी दलित मुक्ति महासंघको धर्ना जारी

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
Dharna Karyakram

पोखरा । जेठको गत १० गते रुकुम पश्चिम सोती घटना विरुद्ध समाजवादी दलित मुक्ति महासंघको कास्की जिल्ला प्रशासन कार्यलयमा धर्ना जारी छ ।

महासंघको कास्की जिल्ला र गण्डकी प्रदेशस्तरिय कमिटीले संयुक्त आयोजना गरेको धर्ना कार्यक्रमलाई जारी राखेको हो ।

उक्त घटनाको छानविनका लागि उच्चस्तरिय संसदीय समावेशी छानविन समिति गठन गरियोस भन्दै महासंघले गत आइतबारदेखि कास्की जिल्ला प्रशासन कार्यलयमा धर्ना बसेको हो ।

शनिबारसम्म धर्ना बस्ने कार्यक्रम रहेको महासंघले बताएको छ ।

घटनाको सत्य तथ्य प्रमाण लुकाउनबाट बचाइयोस महासंघले थप माग राखेको छ । महासंघले दोषीलाई हदैसम्मको कारवाहीको माग राखेको छ ।
धर्ना कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय ईञ्चार्ज डीबी नेपालीले बर्बरपूर्ण नरसंहारकारी घटनाप्रति राज्य उदासिन रहेको आरोप लगाए । घटनामा संलग्न दोषीलाई पक्राउ गर्नेदेखि लिएर हिरासतमा राख्ने र वास्तविक घटनाको सत्यतथ्य छानविन लगायतका विषयमा राज्य उदासिन बनेको उनको आरोप थियो । घटनाको सत्य तथ्य छानविन र दोषीलाई कारवाही नभएसम्म महासंघको दवाव कार्यक्रम जारी रहने उनले बताए ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय युवा ईञ्चार्ज देवी सुवेदीले घटना विरुद्ध आन्दोलन जारी रहने बताए । पार्टी र दलित मुक्ति महासंघ, दलितसम्बद्ध अधिकारकर्मी र अगुवाहरुले आन्दोलनप्रति एक्यबद्धता जनाउँदै थप कार्यक्रमहरु सहित अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width