काठमाडौँ, २२ जेठ । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७३ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् ।
आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन् । कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी सुनिल सापकोटाले बताए ।
“हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौँ तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो” उनले भने । जोरपाटीमा कपडा व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्नुहुन्छ, “भोकै पर्र्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौँ । सामाजिक दूरी कायम गरेका छौँ । ”
बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिनदिनै ऋणको भार थपिँदै गएको तथा परिवारसमेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ । अहिले सो क्षेत्रमा कपडा, जुत्ताचप्पल, बिजुली, हार्डवेयरलगायत पसल खुलेका छन् ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१