आगोले जलेर आमाछोरीको मृत्यु

एजेन्सी
जेठ २२, २०७७
ecb6dcc30b1867f300b3260319971bb3

विराटनगर, २२ जेठ । धरानमा भएको आगलागीमा परी आमा छोरीको मृत्यु भएको छ ।

बिहीबार बिहान सवा ८ बजेबाट धरान उपमहानगरपालिका – १५ साम्पाङ टोल नरबहादुर श्रेष्ठको घरमा भएको आगलागीमा परेर ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको मृत्यु भएको हो । धनमाया र सीता आमा छोरी हुन । सीता सुस्तश्रवण थिइन् ।

दुई तल्ले घरको दोस्रो तल्लामा आमा छोरी बस्दै आएका थिए । आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आगलागी सुरु भएपछि स्थानीयले ८७ वर्षीया आमा धनमायालाई घरबाट निकालेका थिए । तर छोरी कोठाभित्रै रहेको थाहा पाएपछि उनी आफै निकाल्न पसिन् । स्थानीयको भनाई उदृत गर्दै डीएसपी न्यौपानेले भने ‘एक्कासी आगो बढेका कारण बाहिर दुवैजना निस्कन सक्नु भएन् ।’

आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन् । आगलागी भएको घरमा भाडामा बस्नेहरु पनि रहेकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको न्यौपानेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width