Worldlink ads

एक हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

रासस
जेठ २२, २०७७
IMG_9313

काभ्रेपलाञ्चोक,२२ जेठ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म सञ्चालन हुँदै आएको थियो ।

जात्रामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने भएकाले दर्शनार्थीको आवतजावत तथा भीडभाडले स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने जनाउँदै पनौती नगरपालिकाले यस वर्ष क्षमापूजामात्रै गरिने जनाएको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले यस वर्षको पनौती जात्रा जेठ पूर्णिमाका दिन क्षमापूजामा मात्रै सीमित हुने बताए । उनले भने “क्षमापूजामा पनि सामाजिक दूरी कायम गरीदिन आग्रह गरेका छौँ ।” नगरले आगामी वर्ष नियमित एवं भव्यरूपमा जात्रा मनाइनेसमेत सार्वजनिक अपिल गरेको छ ।

“जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन” भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको थियो । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँदै आएका थिए स्थानीयवासी । जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने चलन रहँदै आएको थियो यहाँ । जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिएको हो । यहाँको जनविश्वासअनुसार जात्रा अविधिभर र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको अनुभव पनि छ यहाँका बासिन्दासँग ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिँदै आइएको बताइन्छ । साथै जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौडसँगै ‘यौन क्रियाकलाप’मा रुमलाउँदै एकापसमा जुधाउने काम हुन्थ्यो । किंवदन्तीअनुसार भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्दथे । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको स्थानीय युवा सौगात बस्नेतले बताए । उनका अनुसार कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले यसअघि जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

Related News

सम्बन्धित समाचार

    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • हवाई खेलकुदको चासो : विमानस्थल बनेपछि के हुन्छ ?

      प्रकाश ढकाल असाेज ३, २०७८
      पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट…
    • फुटसल खेलाउँदै पोखरा

      धनबहादुर गुरुङ असाेज ३, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन…
    • सातौँ संविधान दिवस मनाइँदै

      रासस असाेज ३, २०७८
      काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads