छोरीको जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
halp 2

लेखनाथ,२२ जेष्ठ । कोरोनाको विश्वब्यापी प्रभाव परिरहेको अवस्थामा एक दयालु मनले आफ्नी छाेरीकाे जन्मदिनको अवसर पारेर बृद्धाश्रमलाई सहयोग गरेकी छन् ।

सामाजिक दुरी कायम राख्दै पोखरा–७ हिमाली टोल निवासी प्रिया गुरुङले छोरी सेनाजको पाँचौं जन्मोत्सवको अवसर पारेर पोखरा–३२ लामेआहालमा अवस्थित राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेकी हुन् ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै गुरुङले आश्रममा रहेका ५१ जना ज्येष्ठ नागरिकहरुका लागि फलफूल लगाएत खाद्यान्न सामाग्री सहयोग गरेकी हुन् । छोरी सेनाजको जन्मोत्सवका अवसरमा आमा प्रिया गुरुङले आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगललाई बिहीवार उक्त सामाग्री हस्तान्त्रण गरेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width