गण्डकीमा संक्रमित अहिलेसम्मकै उच्च, १६ नयाँ फेला, कुल ५४ पुग्याे

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
coronavirus

पाेखरा, २२ जेठ । गण्डकीमा पछिल्लाे २४ घण्टामा एकैपटक १६ संक्रमित फेला परेका छन्। याे अहिलेसम्मकै उच्च हाे।

बागलुङ, म्याग्दी, पर्वत र स्याङ्जामा भेटिएका १६ नयाँ संक्रमितमध्ये १ महिला हुन्। बागलुङमा मात्रै नयाँ १० जना भेटिएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेकी बर्ष ३३ की महिलासहित वर्ष २२ र २९ का २ जना, वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना, गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हाे।

स्याङ्जा कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वत फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २४ र २८ का २ जना पुरुषमा गरी पर्वतमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

म्याग्दीकाे मंगला गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५४ पुगेकाे स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनाेदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए। ती मध्ये ३ जना उपचारपछि निकाे भई घर फर्केका छन्।

गण्डकीमा राजधानीबाहिर पहिलाे पटक चैत दाेस्राे साता बागलुङकी १९ वर्षकी युवतीमा काेराेना भेटिएकाे थियाे ।

Related News

सम्बन्धित समाचार

hero news full width