कोरोनाबाट काठमाडौंमा १ जनाको मृत्यु, ज्यान गुमाउने ९ पुगे

Avatar आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

नेपालमा बुधबारमात्र २ सय १ जना नयाँ संक्रमित देखा परेका छन् । योसँगै कुल संक्रमित संख्या २३ सय पुगेको छ ।

हाम्रो सुझाव