कोरोना संक्रमित संख्या २३००

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७
covid 19 corona banner

नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ठिक २३ सय पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले २४ घण्टामा थप २ सय १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् । नयाँ थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जना महिला छन् ।

नयाँ थपिएका संक्रमितमध्ये १ सय ७९ जना पुरुष र २२ जना महिला छन् ।

मन्त्रालयका अनुसार बुधबार थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २ सय ७८ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width