चौतर्फी दबाबपछि कर तिर्ने म्याद थप

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७
ird

चौतर्फी दबाबपछि अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले कर दाखिला गर्ने म्याद थप गरेको छ ।

बुधवार सूचना जारी गर्दै विभागले समय थप गरी असार ७ सम्म समयसीमा तोकेको हो ।

‘कोभिड– १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिलागर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुनः देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिलागर्नुहुन सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

देहायमा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ । यद्यपि आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने २०७७ साल असार १५ सम्म थपिएको छ ।

हेर्नोस् सूचना :

notice_IRD63202031144PM

Related News

सम्बन्धित समाचार

hero news full width