काठमाडौं, २१ जेठ । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारमा लागि यो रकम खर्च गरिने भएको छ ।
विश्व बैंकले बुधबार दिएको जानकारीअनुसार बुधबार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको हो । बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।
प्राधिकरणको पुर्नसंरचना गरी संघीयता अनुसार बलियो संस्थामा रुपान्तरण गर्न र त्यहाँबाट विद्यूत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने समेत बैंकले उल्लेख गरेको छ । विश्व बैंकका कन्ट्रीम्यानेजर फरिस हदद जर्भोसले संकट अगाडी र पछाडिसमेत निरन्तर लाभ प्राप्त गर्न विद्यूत क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने बताए ।
भरपर्दो, किफायती र दीगोले विद्युतीकरणसम्बन्धी नेपाल सरकारको प्रतिवद्धतालाई विश्व बैंकले सहयोग गरेको उनले बताए । यो नेपालको गरिबी निवारण र समृद्धितर्फको यात्रामा समेत सहयोगी हुने उनको विश्वास छ । पछिल्ला दिनमा नेपालले विद्यूत उत्पादन र गुणस्तर सुधारमा ठूलो फड्को मारेको छ । नेपालको ८८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत सेवा पुगिसकेको छ । प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटासमेत परिपूर्ति हुने नेपालको विद्यूत क्षेत्रको ठूलो फड्को भएको विश्व बैंकले उल्लेख गरेको छ ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१