रुपनारायण ढकाल : पोखरा, २१ जेठ । लकडाउनका कारण महिनौंदेखि व्यवसाय ठप्प भइरहँदा कर तिर्न ताकेता गरेर आन्तरिक राजश्व विभागले व्यवसायीलाई पीडा माथि पीडा थपेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।
लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको र घर बाहिर समेत निस्कन नपाइने यथार्थलाई ख्याल नगरी विभागले एक हप्ते अल्टिमेटम दिएर जेठ २५ भित्र कर तिर्न आव्हान गर्नु आश्चर्यजनक भएको संघका अध्यक्ष विकल तुलाचनले बताए । “व्यापार पनि छैन, आम्दानी पनि छैन,”अध्यक्ष तुलाचनले भने– अहिले होटलकर्मीसँग पैसा नै नभएको समयमा कर तिर्न असमर्थ छौं ।
व्यवसायीहरु कर तिर्न तयार रहेको तर यसका लागि थप समय र राहात दिइनुपर्ने भनाई संघको छ । अर्थ मन्त्रालयले लकडाउनको समयमा करको कुरा ल्याएर व्यवसायी तर्साउने काम गरेको अध्यक्ष तुलाचनले बताए । सरकारले राहात उपलब्ध गराउनुपर्ने बेलामा कर नतिरे शुल्क, थप दस्तुर, ब्याज र जरिवाना लाग्ने भनेर व्यवसायी तर्साउनु अव्यहारिक भएको संघको भनाई छ ।
अर्को तर्फ आगामी आर्थिक बर्षको बजेटले समेत होटलकर्मीका समस्या संवोधन गर्न नसकेको संघले बताएको छ । व्यवसायीको अपेक्षा अनुसार नयाँ बजेट आउन नसकेको र सहुलियत दरको ब्याजमा ऋण लिएर कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन सक्ने अवस्थामा पनि व्यवसायी नभएको उनले बताए । विद्युत महशुल, घर भाडा, बैंकको किस्ता र ब्याजका समबन्धमा व्यवसायीले यसअघि राखेका माग नयाँ बजेटले संवोधन गर्न नसकेको संघले जनाएको छ । यस्तै हो भने अव होटल व्यवसाय सदाका लागि बन्द गर्नुको विकल्प छैन– अध्यक्ष तुलाचनले भनेका छन् ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिसँगै ११ चैतदेखि लागू लकडाउन पछि सबैजसो कारोबार ठप्पप्रायः छन् । सरकारले ४४ प्रकारका उद्योग व्यवसाय खोल्न अनुमति दिए पनि यस अन्तर्गत होटल क्षेत्र परेको छैन । यस्तो अवस्थामा सरकारले आर्थिक उत्थानका कार्यक्रम ल्याउन नसकेको संघले जनाएको छ । कार्यालय गएर कर तिर्न सक्ने वातावरण नभएको र अनलाइन प्रणाली पनि उति भरपर्दो नभएको अवस्था छ ।
Related News
सम्बन्धित समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
hero news full width
मुख्य समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१