कपिलवस्तु, २१ जेठ । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए ।
हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए । मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए । आज बिहान शवको मुचुल्का उठाइ परीक्षणका लािग जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१