पाल्पामा आइसोलेसनमा उपचार गराइरहेका युवकको मृत्यु

भोजराज भट्टराई
जेठ २०, २०७७
covid 19 corona banner

पाल्पा, २० जेठ । पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका एक युवकको ज्यान गएको छ ।

कोरोनासँग मिल्दो लक्षण देखा परेपछि सोमबारदेखि उपचारार्थ भर्ना गरिएका पाल्पा पूर्वखोला गाउँपालिका वडा १ का ४६ वर्षीय ती युवकको मंगलबार ज्यान गएको अस्पतालले जनाएको छ ।

उनको मृत्यु कोरोनाकै कारण भए–नभएको पुष्टि गर्न स्वाब संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएको छ ।

आफन्तले समेत उनमा सास फेर्न समस्या हुने, खोकी लागिरहनेजस्ता समस्या देखिएपछि अस्पताल ल्याएको जनाएका छन् ।

भारतबाट आइतबारमात्र गाउँपालिका फर्केका उनी जल्पाको शम्भु माविको क्वारेन्टिनमा बसेका थिए ।

पाल्पामा हालसम्म ५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । रैनादेवी छहरा गाउँपालिकामा २, निस्दीका २ जना र माथागढी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण देखा परेपछि अस्पताल भर्ना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width