मनाङ, २० जेठ । पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुख्र्यौली पेशातर्फ फर्किन थालेका छन् । कोभिड–१९ को जोखिमले व्यवसायलाई असर पु¥याएपछि यहाँका बासिन्दा पुख्र्यौली पेशामा फर्कन थालेका हुन् ।
पर्यटन तथा होटल व्यवसायमा निर्भर रहेका यहाँका बासिन्दा कोरोना भाइरसका कारण व्यवसाय ठप्प भएसँगै खेतीपाती र पशुपालनतर्फ लाग्न थालेको हुन् । पर्यटकले खचाखच हुने समयमा महामारीका कारण व्यवसाय ठप्प भएको छ । अधिकांश स्थानका मानिस अहिले बन्दबन्दीका कारण खेतीपाती गर्नमा तल्लिन देखिन्छन् । थोरै जनसङ्ख्या रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । अहिले चारवटै गाउँपालिकाका बासिन्दा खेतीपाती र पशुपालनमा व्यस्त भएका छन् । होटल व्यवसायबाट मनग्य आम्दानी भए पनि बन्दबन्दीका कारण पुख्र्यौली पेशालाई पछ्याएका छन् ।
अहिले यहाँका बासिन्दा चौँरी गोठमा चौँरीसँगै रमाएका देखिन्छन् । चौँरीका बाच्छाबाच्छी स्याहार सुसार र खेतबारीमा रमाइरहेका छन् । यहाँ गहुँ, मकै, करु, फापर, आलुजस्ता अन्नबाली उत्पादन हुने गर्छ भने पशुपालनमा चौँरी, भेडाच्याङ्ग्रा पालिएको हुन्छ । यहाँका बासिन्दा चौँरीको ऊन कात्ने, ऊनबाट दोचा, भाँग्रालगायतका कपडा बनाउने गरेका छन् ।
कोभिड–१९ ले मानिसलाई पुख्र्यौली पेशामा फर्काएको र आत्मनिर्भर बनाउन टेवा पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “कोभिड–१९ले कृषि कर्मलाई प्रोत्साहन मिलेको छ, मनाङका बाहिर रहने युवा पुस्ताले समेत पेसा सिक्नतर्फ तल्लिन देखिन्छन् कृषि कर्मको युवा पुस्तामा हस्तान्तरण गरी प्रोत्साहन गरिने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१