विपन्न परिवारलाई कुखुराका चल्ला

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
challa 2

लेखनाथ, २० जेठ । लकडाउनको समयमा विपन्न वर्गका परिवारलाई लक्षित गर्दै पोखरा–३० मा कुखुराको चल्ला वितरण गरिएको छ ।

विपद् व्यवस्थापन सहयोग तथा सञ्चालक समिति पोखरा–३० ले वडा कार्यालयसँग समन्वय गर्दै वडाको खुदीखोला, मुसे टुँडा र डँुडाको मुख क्षेत्रका ८९ परिवारलाई ६२० वटा चल्ला वितरण गरेको हो ।

चल्ला वितरणको लागी बी भाञ्जा ह्याचरी प्रालि पोखरा–१९ पुरनचौरले चल्ला प्रदान गरेको हो । ह्याचरीका सञ्चालकहरु विनोद भण्डारी र कपिल भण्डारीले आफ्ना स्थानीय क्षेत्रका विपन्न परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको वताए ।

कार्यक्रममा विपद व्यवस्थापन सहयोग तथा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र ओझाले लकडाउनका कारण विपन्न परिवारको जनजीवन प्रभावित बनिरहेको वताउँदै यस अवस्थामा आयआर्जनमा सघाउ पुगोस भन्ने उद्देश्यले राहत स्वरुप चल्ला वितरण गरिएको वताए ।

Related News

सम्बन्धित समाचार

hero news full width