तनहुँका कृषकलाई धानको बीउ

अञ्जनराज न्यौपाने
जेठ २०, २०७७
195638-paddy-crop

तनहुँ, २० जेठ । शुक्लागण्डकी नगरपालिका–४ का स्थानीय किसानलाई  धानको बीउ वितरण गरिएको छ। ।

कूल १ सय ८० हेक्टर क्षेत्रफललाई पुग्ने गरी किसानलाई धानको बीउ प्रदान गरिएको जानकारी शुक्ला गण्डकी नगरपालिका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले दिए । धानको बीउका लागि ५० प्रतिशत कार्यालयबाट र कृषकबाट ५० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ ।

राधासात, सावित्री , वार, रामधान लगाएत उन्नत जातका धानको बीउ वितरण गरिएको हो । उनका अनुसार ९ लाख ६० हजार बराबरको बीउ बिजन (चार हजार तीन सय सय पोका) पूर्ण अनुदानमा वितरण गरिएको वताइएको छ । स्थानीय कृषक गाई,भैंसी, बाख्रा र कुखुरा पालनमा गर्दै आएका छन् भने धान खेती र मकै खेतीमा समेत सक्रिय बन्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width