रुकुम पश्चिम घटना विरोधमा पोखरामा प्रदर्शन

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
IMG_20200602_112148

पोखरा, २० जेठ । रुकुम पश्चिम चौरजहारीमा भएको घटना विरोधमा पोखरामा आज विरोध प्रदर्शन गरिएको छ ।

विश्वकर्मा समाज, मिजार समाज, परियार सेवा समाज र नेपा गन्धर्व समुदाय विकास केन्द्र पोखराले संयुक्त रुपमा विरोध प्रर्शन गरेका गरेका हुन् ।पोखरा सिर्जनाचोकबाट सुरु विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर शान्तिपूर्ण धर्नामा परिणत भएकोे थियो ।

जुलुसका सहभागीहरुले जातीय विभेदसहित ६ जना युवाको एकै चिहान हुने गरी भएको नरसंहार विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । गत जेठ १० मा भएको घटनामा नवराज विकसहित उनका साथिहरु गणेश बुढामगर, सन्दीप बिक, लोकेन्द्र सुनार, टीकाराम सुनारको मृत्यु भएको छ भने अर्का गोविन्द शाही भेरी नदीमा बेपत्ता छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width