तरकारी नियन्त्रणमा लिएर नष्ट गरेकोमा बिरोध

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
101486815_732031087337796_3755191779222093824_n

पोखरा, २० जेठ । पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा महानगरपालिकाका वडा अध्यक्षहरुको नेतृत्वमा तरकारी नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरेको घटनाको बिरोध गरेको छ ।

चेम्बरले जेठ १५ गते विहान ४ बजे कानून हातमा लिएर पोखरा १५ टुटुगांको गलेश्वरमार्ग लगायतका स्थानहरुमा तरकारी नष्ट गर्न सम्लग्न दोषीलाई कारवाहीको माग गर्दै त्यस्ता घटना नदोहोराउन सचेत गराएको छ । अति आवश्यक तरकारी तथा फलफूलको ओसारपसार, बिक्री वितरणको सहज व्यवस्था गर्न माग गर्दै चेम्बरका महासचिव उमराज बास्तोलाले मंगलबार प्रेस विज्ञप्ति मार्फत पीडित तरकारी व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग समेत गरेका छन ।

उनले तरकारी फलफूल लगायतका अति आवश्यक बस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउनुको सट्टामा स्थानीय सरकारका प्रतिनिधिको सहभागिताका भएको घटनाले कोरोना भाइरसको कारण मारमा परेका उद्योगी व्यवसायीलाई थप पीडा भएको दावी गरेका छन । महासचिव बास्तोलाले पोखरा महानगपालिकाले मापदण्ड तयार गरी वाहिरी जिल्लाबाट तरकारी फलफूल आयात गर्ने निर्णयको स्वागत समेत गरेका छन । चेम्बरले खरिद दररेट मूल्य खुलेको सक्कली बील भर्पाई लिएका व्यवसायी हरि गौतमको काभ्रे चितवनबाट ल्याएको ५ ट्रक तरकारी नष्ट गरिँदा १० लाख बराबरको क्षति भएको दावी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width