पाेखरा वृद्धाश्रमलाई खाद्यन्न सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७

पोखरा, २० जेठ । गुरुङ (तमू) समाज मकाउले पोखरा वृद्धाश्रमका वृद्धावृद्धहरुलाई खाद्यन्न सहयोग गरेको छ ।

समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थितीमा सो खाद्यन्न साम्रगी पोखरा वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।

समाजले वृद्धाश्रमका लागि २० बोरा चामल, २ बोरा दाल, २ बोरा चना, १० लिटर तेल, लुगा धुने सर्फ १० केजी, नुहाउने साबुन २५ वटा, हर्फिक र फिनेल ५÷५ वटा, कोलगेट १० वटा र नून १० केजी गरी ५२ हजार बराबरको साम्रगी वितरण गरेको समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङले जानकारी दिए ।

साथै उनल आउने दिनमा पनि आफनो समाजको तर्फबाट वृद्धाश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सहयोग सामग्री ग्रहण गर्दै वृद्धाश्रमका कार्यबाहक अध्यक्ष कुशुम केशव पराजुलीले सहयोगी दाताहरुप्रति आभार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width