घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइँदै

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
Tulasiko-Motha

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन्।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ। यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउछन्। यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उनले दिए।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ।

तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • दीपक मनाङेलाई भाैतिक मन्त्रालय

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले…
  • चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखरा । गण्डकीको संसदीय राजनीतिक गणितमा जहिल्यै निर्णायक अंक बन्दै आएका सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे चौथोपटक…
  • जनजागृतिमा शिक्षक बिदाइ

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटस्थित जनजागृति माविमा शिक्षक बिदाइ गरिएको छ । स्वेच्छिक अवकाश लिएका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिना तथा अनिवार्य…
  • बाल मनोविज्ञान र शैक्षिक सुधारबारे गोष्ठी

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । बाल मनोविज्ञान तथा शैक्षणिक सुधार योजनासम्बन्धी गोष्ठी शनिबार पोखरामा सम्पन्न भएको छ । माया फाउन्डेसनअन्तर्गत कार्यक्रम सञ्चालन भएका…
  • ओमबहादुर कार्कीको सम्झना

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०८०
    पोखरा । पृथ्वीनारायण क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख एवं रसायनशास्त्र विभागका पूर्व विभागीय प्रमुख सहप्राध्यापक ओमबहादुर कार्कीको सम्झना गरिएको छ…

hero news full width