कोरोना भाइरस संक्रमण डर भन्दै आयातित फलफूल तथा तरकारी भित्राउन रोक लगाइएकोमा व्यापक विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको छ ।
महानगरले सोमबार कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको छ ।
६ बुँदे सो सूचनामा फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो सो खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारीसाधनमा चालक र सहयोगी गरी मात्र २ जनाभन्दा बढी चढाउन नपाइने उल्लेख छ ।
यसअघि महानगरको ११ जेठको सर्वपक्षीय बैठकले कोरोना महामारी भित्रिन सक्ने भन्दै बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने निर्णय गरेको थियो ।
जसअनुसार काभ्रे, चितवन लगायतका जिल्लाबाट पोखरा भित्राइएको तरकारी पोखरा १५ का स्थानीयले जेठ १५ मा नियन्त्रण लिएर खाल्डो खनी गाडेका थिए । वडाध्यक्ष प्रकाश पौडेलले तरकारी ओसार पसार गर्दा कोरोना जोखिम उच्च भएकाले नष्ट गरिएको बताए । पोखरामै ६ ट्रक तरकारी खाल्डो खनेर गाडिएको थियो ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१