काँग्रेस माछापुच्छ्रे १ इकाइको राहत

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
IMG_5579

पोखरा । नेपाली काँग्रेस, माछापुच्छ्रे गाउँपालिका १ इकाइले वडाका २ सय ५६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । इकाइ सभापति भीमबहादुर गुरुङको संयोजनमा लकडाउनका कारण भोकै परेकाहरुलाई राहत उपलब्ध गराइएको हो ।

गुरुङका अनुसार राहतमा १ बोरा चामल, १ किलो नुन, आधा लिटर तेल र १ साबुन दिइएको हो ।

प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य सूर्यबहादुर केसीको विशेष सहयोगमा राहत वितरण गरिएको राहत संकलन अभियानकर्ता तथा नेपाली काँग्रेसका आमन्त्रित जिल्ला सदस्य मेसबहादुर गुरुङले जानकारी दिए । यस्तै, घाचोक घर भई हाल हङकङ निवासी विष्णु गुरुङ, अमेरिका निवासी पानबहादुर तामाङ लगायतले राहत संकलनमा सहयोग गरेका थिए ।

काँग्रेस माछापुच्छ्रे २ इकाइ सभापति गुञ्जमान गुरुङले राहत काँग्रेसले बाँडेको भएपनि यो वा त्यो पार्टी नभनी संकटको समयमा सबैलाई मानवीय ढंगले वितरण गरेको दाबी गरे ।

वडा १, टुसेमा आइतबार राहत वितरण गरेको इकाइले सोमबार रुम्जा, चैरेपाखा, धिप्राङ, मिर्सा, करुवा, कवजे, साँदल लगायत क्षेत्रका मानिसलाई वितरण गरेको हो ।

सो क्रममा काँग्रेस क्षेत्र ३ की महिला संघ सचिव टेकनशोभा गुरुङले लकडाउनले ग्रामीण भेगका महिलाहरु बढी मारमा परेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width