जेनेभा स्वट्जरल्याण्ड, १९ जेठ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
नेपाली समयानुसार सोमबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २८ लाख ५२ हजार ७६१ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५१ हजार ४८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ३७ हजार १७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ६ हजार १९५ व्यक्तिको मृत्यु भएको छ । दक्षिणमा अमेरिकामा ८ लाख ७८ हजार ४७७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४० हजार १११ को मृत्यु भएको छ । युरोपमा २० लाख २९ हजार १८८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७३ हजार ९०३ को मृत्यु भएको छ ।
एसियामा ११ लाख ४१ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३० हजार ८५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ४८ हजार ९६४ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ४ हजार २४५ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१