एकै दिन २२६ मा कोरोना संक्रमण, संक्रमित संख्या १७९८ पुग्यो

एजेन्सी
जेठ १९, २०७७
coronavirus-agencies

काठमाण्ठडौ, १९ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्। यो अहिलेसम्मकै धेरै संक्रमित संख्या हो ।

उनका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७,महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्यामा एकाएक वृद्धि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width