काठमाडौँ, १९ जेठ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ । उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो । ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए ।
बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् । तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन् । ती उडानबाट करिब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन् ।
Related News
सम्बन्धित समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१