पोखरा सेकेन्डरी स्कुलमा ८ दिने अनलाइन सेमिनार सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
Prabesh Sharma_PARBAT

पोखरा, १९ जेठ । पोखरा सेकेन्डरी स्कुलले यही जेठ १२–१९ गतेसम्म ८ दिने भर्र्चुअल सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा विद्यालयका ११ र १२ कक्षामा साइन्स तथा म्यानेजमेन्ट पढ्ने विद्यार्थीले २६ वटा शीर्षकमा आफ्नो प्रस्तुति दिएका थिए । तीन वटा अन्य प्रस्तुति भने भूपू बिद्यार्थीले गरेका थिए ।

स्कुलका पूर्व विद्यार्थी डा.अधिष पोखरेलले “पोखरा सेकेन्डरी स्कुलको सम्झना र अनुभव” शीर्षकमा केन्द्रित भएर आफ्ना धारणा व्यक्त गरे । त्यस क्रममा डा.पोखरेलले आपूm मेडिकल क्षेत्रमा आउन प्रेरित गर्ने र बाटो बनाइदिने संस्था पोखरा सेकेन्डरी स्कुलको पठनपाठन, वातावरण र प्राध्यापकहरुको योगदान हो भन्ने विचार प्रस्तुत गर्दै विद्यालय परिवारप्रति आभार प्रकट गरे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक कमलराज सापकोटाले सेमिनारको महत्वमाथि प्रकाश पार्दै भने, “यस सेमिनारमा विद्यार्थीले प्रस्तुत गरेको सेमिनार पेपरमाथि सम्बन्धित विषयका शिक्षकले टिप्पणी गरेका थिए ।

सेमिनारमा हरेक दिन चारजना विद्यार्थीले पेपर प्रस्तुत गरेका थिए । एन्जिलिना सेन्चुरी, सुरक्षा गोतामे, अमृता पौडेल, विवेक केसी, कृतिका त्रिपाठी, बोनिसा अधिकारी, ओजस्वी किरण दवाडी, मनिला जि टी, ऋद्धि सिंह, प्रशंसा त्रिपाठी, प्रतिमा बुढा मगर, रुविना श्रेष्ठ, शर्मिला पौडेल, सुरक्षा थापा, सत्कार घिमिरले आआप्mना विषयका पेपरहरु प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए । एमबीबीएस अध्यनरत यस बिद्यालयकी भूपू विद्यार्थी सन्ध्या पौडेल ले “एमबीबीएसतर्फ को यात्रा“ र बन बिज्ञान अध्यनरत आविष्कार भट्टराईले “तीक्ष्ण र प्रभावकारी अध्ययनका रणानीति“ बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…

hero news full width

Recent Posts

भर्खरै