गुरुङ (तमू) समाज मकाउद्धारा मुख्यमन्त्री राहतकोषमा १ लाख सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७७
macau 1

पोखरा १९ जेठ । गुरुङ (तमू) समाज मकाउद्धारा गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ ।

समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तर गर्दै अध्यक्ष रामेन्द्रकुमार गुरुङले आफूहरु विदेशमा भएता पनि देशलाई संकट पर्दा सक्दो सहयोग गर्न सधैं तत्पर रहेको बताए ।

साथै रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला देश दुःख र समस्यमा रहेको भन्दै दुःखको बेला सहयोग गर्नेप्रति आफ्नो सधैं सहनुभूति रहने बताए । सुखको बेला भेटन आउनेहरु भन्दा दुःखको बेला भेटनेको बढी सम्झना रहने समेत उनले बताए । स्थापनाकालदेखि नै सामाजिक काममा सक्रिय रहदै आएको समाजले यसअघि पनि विभिन्न संघ संस्था र विपद्मा परेका व्यक्तिलाई सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width