कोरोना भाइरसकै कारण नेपालमा ८ जनाको मृत्यु, १५६७ संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७७
pree

काठमाण्डौ, १८ जेठ । विश्वभर वढ्दो कोरोना भाइरसकै कारण नेपाल पति त्यो सक्रमण तीव्र बनेको छ । नेपालमा पछिल्लो २४ घन्टामा १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको हो। तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ। यसैबीच पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ।शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width