दुई वर्षे बालिकाको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी
जेठ १८, २०७७
corona

पोखरा, १८ जेठ । बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको उपचारकै क्रममा आइतबार मृत्यु भएको छ । केही दिनअघि मात्र भारतबाट नेपाल फर्किएकी ती बालिका र उनकी आमा क्वारेन्टिनमा बसेका थिए। उनकी आमालाई पनि संक्रमण पुष्टि भएको छ।

क्वारेन्टिनमा रहेकै बेला बालिकालाई गाह्रो भएपछि बाजुरामा रहेको अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएकी २ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। २ वर्षे बालिकामा कोरोना पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width