लकडाउन फेरि १२ दिन लम्बियो, जेठ मसान्तसम्म जारी

सेना पनि परिचालन गरिने

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७७
RSS_Cabinet_Meeting_2076-12-24(2)

फाइल फाेटाे

कोरोना भाइरस महामारीका कारण नेपालमा जारी लकडाउन पुनः थप गरिएको छ ।

मन्त्रिपरिषद्को शनिबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चैत ११ गतेदेखि जारी लकडाउन जेठ ३२ सम्म निरन्तरता दिने निर्णय गरेको हो।

पछिलो समय जेठ २० सम्मका लागि लकडाउन कायम भएकोमा सरकारले फेरि जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ ।

यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुने बताइएको छ ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width