गण्डकी प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७७
Gandaki Pradesh Pramukh PCR

पोखरा, १७ जेठ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखबाट यही जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी गण्डकी प्रदेश प्रमुख शेरचनसहित उनका सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।

शनिबार बिहान गरिएको परीक्षणका क्रममा प्रदेश प्रमुख शेरचन, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोला सहित स्वकीय सचिवालयमा कार्यरत कर्मचारी एवं सुरक्षाकर्मीहरू गरी ४० जनाको स्वाब लिइएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान), गण्डकी प्रदेशका अध्यक्ष सूर्य पोखरेल, ल्याब प्राविधिकद्वय राजेन्द्र पौडेल र सुशीला कार्कीलगायतको टोलीले परीक्षण गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width