विश्वव्यापी कोरोनामहामारीपछि जारी लकडाउन कारण समाजमा परेको प्रभाव चित्रण गर्दै नेत्र इन्टरटेनमेन्ट प्रालिले फरक कथामा छोटो फिल्महरु निर्माण गरिरहेको छ । कम्पनीले पाँचौ फिल्म ‘नाम्लो’ युट्युबमार्फत सार्वजनिक गरेको छ ।
यो फिल्ममा निर्देशक नेत्र गुरुङ र पाका कलाकार प्रकाश घिमिरेबीच ‘टिमअप’ भएको छ । पोखराका पछिल्ला छिमलका कलाकारलाई लिएर उनले यसअगाडिका छोटा फिल्म निर्माण र निर्देशन गर्दै आएका थिए।
‘हामीले लकडाउनले नेपाली समाजमा पारेको प्रभावलाई फिल्ममार्फत भन्न खोजेका हौँ । र, यसले समाजमा पारेको विभिन्न पाटो समेट्ने प्रयास गरेका हौँ । नाम्लो यसको पछिल्लो उदाहरण हो,’ निर्देशक नेत्र गुरुङले भने, ‘अग्रज कलाकार प्रकाश घिमिरेसँगको सहकार्यमा हामीले एउटा भुइँमान्छेको कथालाई यो फिल्ममा पेश गरेका छौँ ।’
साँच्चिकै यो चरित्र बाँचिरहँदा मलाई पनि ननिको लाग्यो
गुरुङले ‘नाम्लो’ को कथावाचन शैलीमा पनि आफूले केही फरक गर्न खोजेको बताए । ‘यस्तोखाले वाचनशैली दर्शकलाई केही नयाँ लाग्न सक्छ । तर हामीले पात्रमार्फत एउटा भरियाको कथा देखाउन खोजेका हौँ,’ उनले भने । फिल्ममा अभिनय गरेका प्रकाश घिमिरे पनि यो फिल्मको ‘दानबहादुर’ चरित्र आफ्नो लागि विशेष रहेको सुनाउँछन् । ‘मैले यस्तै मजबुर चरित्र देख्दै आएको छु । साँच्चिकै यो चरित्र बाँचिरहँदा मलाई पनि ननिको लाग्यो,’ उनले भने ।
फिल्ममा अर्का कलाकार विजय अधिकारीको पनि भूमिका छ । उनी यो फिल्ममा पत्रकारको भूमिकामा देखिएका छन् । प्रकाश गुरुङ ‘काश’ले खिचेको फिल्मलाई नेत्र गुरुङ आफैले लेखेका हुन् । फिल्ममा भरत छन्त्यालको सहनिर्देशन छ । कलरिस्ट किरणराज थापा हुन् भने सविन गायक पब्लिसिटी डिजाइनर छन् ।
केही दिन अघिमात्रै काठमाडांैमा एक भरिया नाम्लोलाई साथमा लिएर बाटैमा ज्यान गुमाएका थिए । यद्यपि यो फिल्म सो घटनाअघि नै खिचिएको थियो ।
कम्पनीले यसअघि ‘लकडाउन’, ‘राहत’, ‘बसाइँ’ र ‘घर’ नामक छोटा फिल्म सार्वजनिक गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
आमा बन्दै नायिका प्रियंका कार्की
अब बाँच्छ सिक्लेसी ठाडो भाका
अब गुरुङ चलचित्र हलमा नियमित
लकडाउनपछि कलाकारको व्यस्तता बढ्दै
जितप्रसाद द्वा पत्रकारिता पुरस्कारबाट श्रीराम सिग्देल पुरस्कृत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७