कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
covid

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

जेठ १० मा मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको हो।

नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट आएको हो।

नेपालमा हालसम्म कोराना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । शुक्रबारमात्रै १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार १ सय १४ जना र बिहीबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नेपालमा हालसम्म कोराना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

हालसम्म २ सय ६ जना कोरोना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा १ सय ६२ पुरुष र ४४ महिला छन्।

Related News

सम्बन्धित समाचार

hero news full width