लकडाउनका कारण समस्यामा परेका कोरस डान्सरलाई ‘बले’ को सहयोग

विनिता सुनार
जेठ १६, २०७७
sagar lamsal

फाेटाेः सागर लम्साल ‘बले’

पोखरा, जेठ १६। कलाकार सागर लम्साल ‘बले’ ले नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सको रुपमा नृत्य गर्ने कलाकारलाई राहत प्रदान गरेका छन्।

सरकारले घोषण गरेको लकडाउनका कारण समस्यामा परेका करिब ५० जना डान्सरलाई सागर (बले) र शिखर दिप एग्रो प्रा.लिको सहकार्यमा राहात वितरण गरिएको हो।

उनीहरुले डान्सरलाई १० के.जी चामल, २ किलो दाल र २ लिटर तेल प्रति व्यक्तिलाई वितरण गरेका हुन्। १ सय जनालाई वितरण गर्ने भनिएको राहतले धेरै दिनसम्म नपुग्ने हुनाले पहिलो चरणमा ५० जनालाई मात्र उक्त राहत वितरण गरिएको थियो।

आफुहरुले बाँडेको राहत सकिए लगतै दोस्रो लटमा पनि सहयोग गर्ने उनीहरुको योजना रहेकाे बताइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width