अनलाइन चेसको छनोट चरणबाटै नेपाली खेलाडीहरु बाहिरिए

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
Online Chess

पोखरा । नेपाली खेलाडीहरु एसियन जुनियर बोइज एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसीप २०२० को छनोट चरणबाट बाहिरिएका छन् ।

एसियन चेस महासंघको आयोजनामा भएको खेलमा नेपाली ६ खेलाडी सहभागी भएकोमा सबै बाहिरिएको नेपाल चेस संघले जनाएको छ ।

संघकी महिला कमिसन प्रमुख मोनालिसा खुम्बुका अनुसार च्याम्पियनसीप ३.२ जोन अन्तर्गत नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र मालदिभ्स रहेको समूहमा नेपालका ३÷३ पुरुष र छात्रा गरि ६ खेलाडी सहभागी थिए ।

स्विस प्रणालीअन्तर्गत ९ चरणको खेलमा छात्र खुलातर्फ अबिशेष्क श्रेष्ठ ४ अंक प्राप्त गरेर छैटौं स्थानमा रहे । यस्तै, ३.५ अंकसहित विवेक श्रेष्ठ सातौं र ३.५ अंकका साथै निकेन कुशथा दसौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए ।

त्यस्तै, छात्रातर्फ खुस्बु थापा सातौं, अनिशा न्यौपाने आठौं र कृतिसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । थापा र न्यौपानेले समान ३.५ तथा अधिकारीले ३ अंक प्राप्त गरे ।

बंगलादेशका खेलाडी शीर्ष २ स्थान रहँदा श्रीलंकाका खेलाडी तेस्रो भए । छात्रातर्फ शीर्ष ३ स्थानमा बंगालादेश, श्रीलंका र बंगलादेशका खेलाडी रहे । पहिलो चरणमा शीर्ष तीन स्थानमा रहेका खेलाडी फाइनल चरणका लागि छनोट भएका छन् ।

विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसीप २०२० घोषित गरिनुका साथै पहिलो पुरस्कार १ हजार ५ सय, दोस्रो पुरस्कार १ हजार र तेस्रो पुरस्कार ५ सय डलर तथा प्रमाणपत्र रहेको छ । यस्तै, महिलातर्फ पहिलो पुरस्कार ७ सय ५०, दोस्रो पुरस्कार ५ सय र तेस्रो पुरस्कार २ सय ५० डलर नगद सहित प्रमाणपत्र रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…
  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।…
  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका…
  • माछापुच्छ्रेमा वडास्तरीय भलिबल

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको…

hero news full width