१७ जुनबाट इङ्लिस प्रिमियर लिग सुचारुको मिति तय

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
Liverpool vs Manchester City

पोखरा । इङ्लिस प्रिमियर लिग १७ जुनबाट सुचारु गर्ने मिति तय गरिएको छ । यसबारे क्लबहरुले खेल सुचारु गर्नेमा सबै क्लब एकमत भएका छन् । लिग तयारीका लागि बुधबार क्लबले कन्ट्याक्ट प्रशिक्षणको पक्षमा भोट गरेका थिए । त्यसको एक दिनपछि लिग सुचारु गर्ने पक्षमा निर्णय गरिएको हो ।

कोरोना संक्रमणलाई मध्यनजर गरेर यसबारे सावधानी अपनाउँदै लिग सुचारु हुन लागेको हो । संक्रमणको लकडाउनपछि सुचारु हुने पहिलो दिनको लिगमा खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनल तथा अर्को खेलमा एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछिका चरणका अन्य सबै खेलहरु जुनको १९ र २१ मा हुनेछन् ।

कोरोनाको महामारीका कारण १३ मार्चबाट लिग स्थगित छ । लिगको अघिल्लो खेलमा लेस्टर सिटीले एस्टोन भिल्लालाई ४–० को गोल अन्तरले हराएको ठीक सय दिनपछि फेरि खेल सुचारु हुन लागेको हो । प्रिमियर लिगका १२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

बेलायत सरकारले मार्चदेखि स्थगित भएको प्रिमियर लिग सुचारु गर्न अनुमति लिएको हो । मिडिया रिपोर्टका अनुसार प्रिमियर लिग सुचारु गर्न सबै प्रक्रिया पूरा भएको छ । मार्चदेखि बेलायतका धेरै क्षेत्रहरुमा कामहरुलाई स्थगित गरिएको थियो । बेलायत सरकारले संक्रमणको अवस्थालाई क्रमशः विस्तारै सामान्य बनाउँदै लैजाने रणनीति तयार पारेको थियो ।

प्रिमियर लिग सुचारु गर्ने वा नगर्नेबारे केही विवाद रहेपनि ती विवाद सल्टिने गरी प्रिमियर लिग सुचारु गर्न सरकारले अनुमति दिएको बताइएको छ । हालसम्म बेलायतमा कोरोना भाइरसका कारण ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । प्रिमियर लिग क्लबका खेलाडीहरु प्र्रशिक्षणमा फर्किसकेका छन् ।

प्रिमियर लिगको शीर्षस्थानमा लिभरपुल रहेको छ । यस सिजन लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ । लिभरपुलले खेलेको २९ खेलमध्ये २७ जित, १ बराबरी र १ खेलमा हाार ब्यहोरेको छ । २५ अंकको अग्रता बनाएको लिभरपुलले प्रिमियर लिग उपाधि जित्न दुई खेल जिते पुग्छ । लिगको शीर्ष दोस्रो स्थानमा म्यानचेस्टर सिटीको ५७ अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको ५३ अंक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width