सुत्केरी र गर्भवतीलाइ पोषण कार्यक्रम

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
Poshan sixya photo

पोखरा, १६ जेठ । पोखरा–३१ का विपन्न परिवारका सुत्केरी र गर्भवती महिलालाई पोषण शिक्षा तथा खाद्यान्न वितरण गरिएको छ ।

भोर नेपाल नामक सामाजिक संस्थाको सहयोगमा ती परिवारका सुत्केरी र गर्भवती महिलालाई पोषण शिक्षा तथा पोषण खाद्यान्न प्रदान गरिएको हो । कोरोना महामारीका बेला यस्ता महिलालाई हुन सक्ने प्रजनन स्वास्थय सम्बन्धी समस्या मध्यनजर गर्दै यस्तो कार्यक्रम संचालन गरिएको भोर नेपालका गण्डकी प्रदेश संयोजक रविमोहन भण्डारीले जानकारी दिए ।

यसै अनुरुप पहिलो चरणको कार्यक्रम अन्तर्गत वडानं ३१ का ६८ वटा परिवारका गर्भवती तथा सुत्कोरीका लागि पोषण प्याकेज वितरण गरिएको हो । प्याकेज अन्तर्गत, चामल, दाल, तेल, अण्डा, नून, आइरन चक्की वितरण गरिएको थियो । उक्त कार्यक्रम वडा नं ३१ को एक्लेकुना, लाँकुरी, अर्चलथर, सापकोटाथर, मोहोरीया र लामास्वाँरामा संचालन गरिएको थियो । यी ठाउँहरुमा ३७ जना गर्भवती र २८ जना सुत्केरीहरु रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width