चौतारा, १६ जेठ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अन्तर्गत वडा नं २ मा घोगा लाग्न शुरु भएको मकैबालीलाई हालै आएको हावाहुरीले क्षति पुर्याएको छ ।
पटक–पटकको हावाहुरीले नौबीसे, सातबीसे, ढाँडेखोला, कामीटार खोला, कुविण्डे र जलवीरेमा पर्ने करिब ८०० हेक्टर क्षेत्रको खेतमा लगाएको मकैका बोट ढालेर क्षति पुर्याएको वडासदस्य तिलक कार्कीले जानकारी दिए । बेँसी भेगमा त्यस क्षेत्रका कुविण्डे, जलवीरे, नौबीसेलगायतका खेत मकै उत्पादनका लागि जिल्लाकै उर्वरभूमिका रूपमा परिचित छ । किसानले हाइब्रिडलगायत विभिन्न जातका मकै लगाएकामा सम्पूर्णबाट ढलेर सोत्तर भएपछि उत्पादनमा कमी आउने जनाइएको छ ।
त्यहाँका ढाँडेखोला, कामीटार खोला र लामोसोतीका फाँटहरु जिल्लामा आवश्यक पर्ने रामपुर कम्पोजिट जातका मकैको बीउ उत्पादन हुने क्षेत्र हो । यस वर्ष उक्त जातको बीउ उत्पादन गर्न करिब ५०० रोपनी क्षेत्रमा लगाइएकामा आगामी वर्षको लागि बीउको समेत अभाव हुने उनले बताए । त्यसैगरी बारीमा लगाएको करिब २० रोपनी क्षेत्रको मकैबालीमा पनि अमेरिकी फौजी किराले सखाप पारेको वडाध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए । जिल्लाका चौतारा सागाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी तथा इन्द्रावती गाउँपालिकाका केही वडा पनि अमेरिकी फौजी किराको प्रकोपबाट प्रभावित भएको किसानले गुनासो गरेका छन् ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७