कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रति दिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन्।
अघिल्लो हप्ता अर्थात् गएको मे २३ अघिसम्मको तथ्यांकमा २१ लाख नागरिकले आफूहरु बेरोजगार भएको भन्दै यो फाराम भरेका जनाइएको छ । त्यसैगरी त्यो भन्दा पनि अघिल्लो हप्ता अमेरिकाका २४ लाख मानिसले यस्तो बेरोजगारी भत्ताको फाराम भरेकोमा अहिले थप २१ लाखले यो फाराम भरेको यहाँको श्रम विभागले जानकारी दिएको हो।
अधिकारीहरुले यसरी अमेरिकाका नागरिकले पहिलो पटक सवैभन्दा धेरैले बेरोजगारी भत्ताका लागि फाराम भरेको देखिएको बताएका छन् । पछिल्लो विवरणमा अहिलेसम्ममा ४ करोड १ लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् । यो बेरोजगारहरुको बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको यहाँका अर्थ क्षेत्रका अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ।
अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए । कोरोनाभाइरसको संक्रमण फैलिदै गएपछि सामाजिक दुरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले यहाँका ३० करोड भन्दा बढी मानिस घरमै बसेका एक तथ्यांकले देखाएको छ।
यहाँ हालै मात्र सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको देखिएको छ । बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका प्याकेजहरुको पनि घोषणा गरेको समााचारमा जनाइएको छ।
Related News
सम्बन्धित समाचार
अन्तरिक्षमा पठाइने २ जनाको नाम घोषणा
म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए
बेलायतका राजकुमार फिलिपको निधन
ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु
नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७