भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटैमा मृत्यु भएका युवकको कोरोना पुष्टि

विक्रम खड्का
जेठ १५, २०७७
covid 19 corona banner

बुटवल, १५ जेठ । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटामै मृत्यु भएका ३४ वर्षीय युवकमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

भारत अहमदावादबाट जेठ १० मा फर्किनेक्रममा अर्घाखाँची भूमिकास्थान नगरपालिका–९, चरेपानीका एक युवकको डुम्रियागञ्ज भन्ने स्थानमा बसमै निधन भएको थियो ।

ती युवकको कपिलवस्तु ल्याएर पोस्टमार्टम गरिएकोमा स्वाब निकालेर भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि पठाइएको थियो । यद्यपि रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए ।

शव लिएर आएका ३ जना मानिस भूमिकास्थानको क्वारेन्टाइनमा छन् ।

शव सन्धिखर्कस्थित गच्चेमा गाडिएको छ । शव लिएर आएका ३ जना मानिस भूमिकास्थानको क्वारेन्टाइनमा छन् । उनीहरुको पनि पिसिआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width