गण्डकीका अर्थमन्त्री भन्छन्–सरकारको बजेट कार्यान्वयन चुनौतीपूर्ण

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७७
kiran-gurung

नेपाल सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ ।

कुल १४ खर्ब ७४ बजेटमध्ये ६४.४ प्रतिशत चालू र २३.९ प्रतिशत पूँजीगत तथा ११.७ प्रतिशत र वित्तीय व्यवस्थामा ११.७ प्रतिशत विनियोजन भएको छ ।

सरकारले बजेट सार्वजनिक गरेलगत्तै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले यो बजेट कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

बजेट तथा कार्यक्रम सकारात्मक भएपनि कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण

उनले भने, ‘बजेट तथा कार्यक्रम सकारात्मक भएपनि कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण देखिन्छ ।’

स्वास्थ्य, कृषि, रोजगारीकेन्द्रित बजेट आएपनि केही योजना अत्यन्तै चुनौतिपूर्ण हुने उनको तर्क छ । ‘भूमि बैंक भनेको छ । यो आफैमा धेरै गाह्रो कुरा हो । भन्नजस्तो सजिलो छैन,’ उनी भन्छन्, ‘पर्यटनलाई सम्बोधन गरेको देखियो । तर निजी क्षेत्रलाई विशेषरुपले सम्बोधन गरेजस्तो देखिएन । उनीहरुलाई पुरानै अवस्थामा कसरी फर्काउने ?’ उनले बजेट विशिष्टिकृत हुन नसकेको टिप्पणी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width